कविता : विडम्बना

हवाइजहाजहरु आइरहेछन्
हवाइजहाजहरु गइरहेछन्
यो देशमा
अझै हवाइजहाजहरुको खाचो छ
अझै खरिद गर्नु छ
केही थान हवाइजहाज
र
उडाउनु छ आकाशमा
थुप्रै युवाहरु पठाउनु छ अरब
बडाउनु छ
देशको अर्थतन्त्र
वितरण गर्नु छ बृद्धभत्ता ।

बृद्धभत्ताको नारा उरालेर
जित्नु छ आगामी चुनाव ।