सहोदर अस्पतालमा अक्सिजन प्लान्ट राख्न अभियान

पूर्वी लमजुङको एकमात्र सामुदायिक अस्पतालमा पछिल्लो अवस्थालाई हेरेर अक्सिजन प्लान्ट राख्न पहल थालिएको छ ।

राइनास नगरपालिका वडा नं ७ मा रहेको सहोदर सामुदायिक अस्पतालमा अक्सिजनको व्यवस्था मिलाउन सके पूर्वी लमजुङको दूधपोखरी गाउँपालिका, गोरखाको सिरानचोक र तनहुँका केही भागमा मानिसलाई समेत सेवा उपलब्ध गराउन सकिन्छ ।

अहिले विदेशमा रहेका राइनासका युवाको पहलमा प्लान्ट राख्ने अभियान सुरु भएको अभियन्ता महेन्द्र चौलागाईले जानकारी दिए । यससम्बन्धी आयोजित छलफलमा विदेशमा रहेका युवाहरु, राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापा, वडाध्यक्ष माधव पराजुली, स्थानीय नेता देवेन्द्र पराजुलीर तुलसीनारायण श्रेष्ठले अभियान सफल बनाउन आफूहरुको सहयोग रहने प्रतिबद्धता गरे ।

अभियानका लागि पूर्ण पोखरिया (हाल कतार) संयोजक रहेको समिति गठन गरिएको छ । मितिको उप–संयोजकमा हरि चिलुवाल(हाल कतार) सदस्यमा महेन्द्र चौलागाई(हाल साउदी), देबकी पराजुली(नेपाल) र हरि भुजेल(हाल अमेरिका) छन् ।

देवेन्द्र पराजुलीको नेतृत्वमा सल्लाहकार समिति पनि बनाइएको छ । सल्लाहकारमा अस्पतालका सञ्चालक डा. शिव र्सिमल, रमेश चिलुवाल, दिनेश चिलुवाल र देव भुजेल छन् ।