कार्टुनप्रति प्रधानमन्त्रीको आपत्ति

कान्तिपुर दैनिकमा आइतबार प्रकाशित अविन श्रेष्ठको कार्टुन।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रकाशित भएको एक कार्टुनमा आपत्ति जनाएका छन्।

कान्तिपुर राष्ट्रिय दैनिकको आइतबारको अंकको प्रथम पृष्ठमा कार्टुनिष्ट अविन श्रेष्ठले बनाएको कार्टुनप्रति प्रधानमन्त्रीले आपत्ति जनाएका हुन्।

कार्टुनमा प्रधानमन्त्री ओलीलाई राजाको रूपमा श्रीपेच लगाइदिएको छ भने उनको खल्तीमा राष्ट्रपति विद्यादेवी भण्डारी छिन् । ‘एउटा प्रेत संस्थाको खल्तीमा गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई राखेर गणतन्त्रकै अपमान गर्न खोजिएको छ। यो अभिव्यक्ति स्वतन्त्रताको दुरूपयोग हो,’ प्रधानमन्त्री ‌ओलीले भने।

राष्ट्रपतिले तटस्थ र अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको अहिले भन्दै आलोचना भइरहेको छ।