०५४ सालपछि फेरि एमाले विभाजन हुने देखिएको छ । अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरेका छन् भने माधव नेपाल समूह विपक्षी मोर्चामा आवद्ध छ ।
नेपाल समूहका ११ सांसदलाई शनिबार दोस्रोपटक स्पष्टीकरण सोधिएको छ । पछिल्ला घटना क्रमले आफूहरु अर्काे पार्टी खोल्ने निर्णयमा पुगको नेपाल बताउँछन् ।
ओलीले धकेलेर अर्को पार्टी खोल्न बाध्य पारेको नेपालको ठम्याई छ । अर्काे पार्टी खोल्ने हो भन्ने प्रश्नमा उनले भनेका छन्, ‘स्वाभाविक हो नि ।’






