जनमोर्चा सांसद कृष्ण थापालाई कारवाही

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई कारवाही गरेको छ । पार्टीको निर्देशनविपरीत कांग्रेस नेतृत्वमा सरकार गठनका लागि हस्ताक्षर इन्कार गरेका थापालाई पार्टीको साधारण सदस्यबाटै निलम्बन गरिएको हो ।

केन्द्रीय समस्यसमेत रहेका उनको १ वर्षका लागि साधारण सदस्यतासमेत निलम्बन गरिएको छ । उनी जनमोर्चाका केन्द्रीय सदस्यसमेत थिए ।

पार्टीका महासचिव मनोज भट्टले पार्टीको निर्णय नमानेकाले सदस्यता निलम्बन गरिएको जानकारी दिँदै अझै निर्णय नमाने सांसदबाट समेत हटाइने प्रष्ट पारे ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन जनमोर्चा निर्णायक छ । थापा र अर्का जनमोर्चाकै सांसद खिमविक्रम शाही विपक्षी गठबन्धनको विरोधमा उभिएका थिए ।

ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्छ ।