पोखरा २६ का निराजन बेगनासमा मृत फेला

पोखरा २६ जलधारेका ३१ वर्षीय निराजन ढुङ्गाना मृत फेला परेका छन् ।

शुक्रबार साढे ४ बजे घरबाट ग१९प ६१८८ नं। को स्कुटरमा निस्किएका उनी त्यसपछि सम्पर्क विहीन थिए । प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पोखरा ३१ बेगनास तालमा उनको शव फेला पारेको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।