संविधान र गणतन्त्र खारेज गर्ने प्रपञ्च भयो : भट्टराई

जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मध्यवधि चुनावको मिति तोकिनुलाई संविधान खारेज गर्ने षड्यन्त्रको संज्ञा दिएका छन् ।

शुक्रबार राति संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि चुनाव तोकेकी थिइन् । यसैप्रति लक्षित गर्दै भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् :

‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म ! यो कुनै मध्यावधि चुनाव होइन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो । एकजुट होऔं, प्रतिवाद गरौं !’