प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिएको दाबी गरेका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् । बजेट जेठ १५ गतेभित्र ल्याउनैपर्ने भएकाले चाडै निकास दिन पछिल्लो कदम चालिएको उनले टिप्पणी गरे ।
उनले भने, सक्नुहुन्छ सरकार बनाउनुस्, म रचनात्मक सहयोग गर्छु । सक्नुहुन्न मलाई सहयोग गर्नुस् । कसले भनेको छ संसद विघगन गर्ने ?
उनले मिलेर कोभिड १९ विरुद्ध लड्नुपर्नेमा जोड दिए ।






