कोरोना कहरमा बालबालिकाको दैनिकी

सन २०१९ मा चीनको वुहान शहरबाट जन्मेको थियो। कोरोनाले बिश्वका सबै देशहरुलाइ ग्रस्त बनाएको छ।नेपालमा पनि नयाँ प्रजातिको कोरोना आएको छ।यो भाइरसले नेपालमा दोस्रो पटकको लकडाउन भएको छ।कोरोनाले गर्दा सबै स्कुलहरु बन्द छन।म जस्ता धेरै साथीहरुले अनलाइन पढ्नुपर्ने भएको छ।मलाइ अनलाइन कक्षा स्कुलको कक्षा जस्तो रमाइलो लाग्दैन।लामो समय अनलाइन पढ्दा म जस्ता धेरै साथीहरुको आँखाको समस्या बढ्नपनि सक्छ।घर भित्रै थुनिएर लामो समय बस्दा पहिले झैं साथीसँग खेल्न पाएका छैनौं।बाहिर कोही पनि निस्कनुहुन्न।कोरोना बाट धेरै मान्छे मरेका छन।अझ कोरोनाबाट मेरि मामु जस्तै धेरै गुरु गुरु आमा हरु मरेको सुनेर म धेरै दुखी हुन्छु।म यो कोरोना कहरको बेला घरमै बाबा र मामु सँग बसेकी छु।म बिहान सबेरे उठ्छु।पानी पिएर बाथरुम जान्छु।नुवाइधुवाइ गरेर मामु सँग पुजा गर्छ।केही खानेकुरा खाएपछि डोरी नाघी खेल खेल्छु।भन्सामा मामु सँग पकाउने काम पनि सिक्छु,मामुले भान्साको काम र घरको अन्य काम सिकाउदा मलाइ सारै रमाइलो लाग्छ।म पोखरा २५ हेम्जामा बस्छु।मेरो घर नजिकै शहरीहरित पार्क छ।तिब्रिकोट सामुदायिक जंगल छ।मन्दिरहरु छन।सेती नदी पनि नजिकै छ।मेरो घरबाट अन्नपुर्ण र माछापुच्छ्रे हिमाल पानि देखिन्छ।मान्छेहरु नभएको बेला मामुले मलाइ यि ठाउहरुमा घुम्न लैजानुहुन्छ।मामुले सबै ठाउँका बारेमा धेरै कुरा भन्दा मलाइ निकै रमाइलो लाग्छ।पार्क,जंगल,नदि हिमाल हाम्रा सार्बजनिक सम्पति हुन।यिनिहरुको हामीले संरक्षण गर्नुपर्छ।स्कुल जान नपाए पनि मामु सँग बसेर घरमा पढ्न,नयाँ कुरा सिक्दा,मामु सँग घुम्न पाउँदा मलाइ धेरै खुसी लागेको छ।म हरेक दिन बेलुकी घुमेर आए पछि घुमेका ठाँउ र मेरा दिन भरिका कामहरुको बारेमा डायरी लेखेर मात्रै सुत्छु।म र मेरो परिवार कोरोना बाट सुरक्षित छौं।म कोरोना छिटो सकिएर नियमित स्कुल गइ पढन,लेख्न र खेल्न पाउने दिन कुरेर बसेकी छु।  

माधबी पौडेल

कक्षा २

धौलागिरी बोर्डिंङ स्कुल

पोखरा २५ हेम्जा