निषेधाज्ञामा खटिएका सुरक्षाकर्मीलाई खानेपानी

पोखरा वाटर ट्याङ क्लिनिङ सर्भिस पोखरा ११ रानिपौवाले निषेधाज्ञामा पोखरा महानगरपालिकामा खट्टिएका सुरक्षाकर्मीलाई खानेपानी वितरण गर्न थालेको छ ।

संस्थाका अध्यक्ष ऊँ गुरुङले एक हप्ताबाट निरन्तर अभियान चलाइएको बताए । महामारीसँग जुध्न आफ्नो क्षेत्रवाट केही योगदान गरौं भनी अभियान चलाइएको गुरुङले जानकारी दिए ।

भोला बरालले पनि बुधबार अभियानमा जोडिएर महानगरमा खट्टिएका सुरक्षाकर्मीलाई कार्यस्थलमै गएर खाजा र पिउने पानी बितरण गर्ने उनले बताए ।