नेकपा एमालेका नेता तथा वागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणका कारण मंगलवार साँझ निधन भएको छ ।
उनी ४ दिनअघि मनमोहन अस्पतालमा भर्ना भएका थिए । चौलागाईं वागमती प्रदेशका प्रभावशाली नेता थिए ।
युवा संघका पूर्व अध्यक्षसमेत रहेका चौलागाईं दोलखाबाट दुई पटक प्रतिनिधिसभा, संविधानसभा सांसद चुनिएका थिए ।






