कोरोना संक्रमित मेयरको अस्पतालमा मृत्यु

कोरोना संक्रमणबाट डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको निधन भएको छ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मेयर बुढाको निधन भएको हो ।

एमालेबाट मेयरमा निर्वाचित बुढा जिल्लाका विकासप्रेमी र इमानदार राजनीतिज्ञका रुपमा लोकप्रिय छन् ।