राष्ट्रियसभामा बादलविरुद्ध नेपाल पक्षका खिमलाल मैदानमा

माओवादी केन्द्रबाट निर्वाचित २ सांसद एमालेतिर लागेपछि रिक्त २ ठाउँमा उपनिर्वाचन हुँदै छ । लुम्बिनी प्रदेशमा हुन लागेको चुनावमा गृहमन्त्री रामबहादुर थापा बादल र खिमलाल देवकोटा भिड्दै छन् ।

माओवादी नेता बादल नेकपा विभाजनपछि एमालेतिर लागेका थिए । अहिले एमाले बागमती इन्चार्ज रहेका बादलविरुद्ध एमालेकै नेता खिमलाल देवकोटा मैदानमा छन् ।

उपनिर्वाचनमा नेकपा एमालेविरुद्ध एमालेकै माधव नेपाल पक्षसहितको चार पक्षीय गठबन्धन बनेको हो । एमालेका सबै जनप्रतिनिधिको भोट पाए जित्ने बादल देवकोटा उठेपछि हार्ने करिब निश्चित भएको छ ।

लुम्बिनी प्रदेशबाट एमालेमा लागेका चन्द्रवहादुर खड्काको स्थानमा कांग्रेसका उम्मेदवारलाई एमालेबाहेकले सघाउने भएका छन् । लुम्बिनीमा एमालेबाट प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दुर्गानारायण पाण्डे कांग्रेसमा प्रवेश गरेकाले उनैलाई उम्मेदवार बनाउने तय भएको छ ।

प्रचण्ड माधव पक्षको साझा रोजाइमा देवकोटा उम्मेदवार बनेका हुन् । माधव पक्षबाट उम्मेदवार बने पनि उनी माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडाबाट लड्ने छन् ।

वागमतीमा जसपाको बाबुराम पक्षका एक गाउँपालिका अध्यक्ष र एक प्रदेशसभा सदस्य छन् ।