प्राइम सहकारीका संस्थापक अध्यक्ष जोशीको निधन

पोखराको प्राइम सहकारीका संस्थापक अध्यक्ष अनिल जोशीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अहिले उनी जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष हुन् ।

सहकारीकै कामको सिलसिलामा पोखरा आएका अध्यक्ष जोशीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो । जोशीलाई वैशाख–५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख ६ गते अस्पताल भर्ना गरिएको थियो ।

दिक्तेलबाट विराटनगर हुँदै पोखरा पुगेका जोशीमा विराटनगर हुँदा सामान्य रुघाखोकीको सङ्क्रमण देखिएको पारिवारिक स्रोतले जनाएको छ । पारिवारिक स्रोतका अनुसार रुघाखोकीले च्याप्दै गएपछि पोखरामा स्वाब परीक्षण गर्दा जोशीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सहकारी अभियान्ता ४४ वर्षीय अनीलका दुई श्रीमती र एक छोरा छन् । जोशी खोटाङमा सञ्चालित लालुपाते सहकारी संस्थाका अध्यक्ष एवम् सञ्चालक थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारका बुबा हरि जोशी तथा आमा रमा जोशीका तीन छोरामध्ये अनिल जेठा हुन् ।
दिक्तेल बजारका स्थानीय बासिन्दाको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाइएको छ ।