घारीपाटन सहकारीको स्थापना दिवस

पोखरा १७ घारीपाटनमा रहेको घारीपाटन बचत तथा ऋण सहकारीले तेस्रो स्थापना दिवस मनाएको छ ।

नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदानसहित शनिबार भएको कार्यक्रममा सहकारीले प्रकाशन गरेको भित्तेपात्रोसमेत सार्वजनिक गरियो । वार्षिकोत्सवकै अवसरमा सहकारीले सेयर सदस्यलाई कागती र खुर्सानीका विरुवासमेत वितरण गरेको छ ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले सहकारी तल्लो तहका जनतासम्म आधारभूत सुविधा र चेतना पु¥याउने प्रभावकारी माध्यम बनेको बताइन् । यसले आर्थिक क्रियाकलाप र उत्पादन बढाउन सघाउँदै नेतृत्व विकासका लागिसमेत उल्लेख्य योगदान गरेको उनको भनाइ छ ।

सभामा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले सहकारी समृद्ध नेपाल निर्माणको सहयात्री भएको बताए । उनले वडा कार्यालय सबै नागरिकलाई स्थानीय सरकारको प्रत्याभूति दिने गरी काम गर्न प्रतिवद्ध रहेको उल्लेख गरे ।

पोखरा महानगरकी कार्यपालिका सदस्य राधिकाकुमारी शाही योगीले सहकार्यको अर्काे नाम नै सहकारी भएको बताइन् । उनले सहकारीलाई सबल र सक्षम बनाउन महानगरले उचित ऐन, नियम बनाएर काम गरिरहेको उनको भनाइ छ ।

सहकारीका कार्यबाहक अध्यक्ष कृष्णकला केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले पोखरा १७ का अध्यक्ष सुुवास ढुंगाना, सहकारीका सल्लाहकार तोयानाथ लम्साल, जिल्ला सहकारी संघकी सदस्य बिना लोहनी, सहकारीका सचिव लीलाबहादुर जिसी लगायतले बोलेका थिए ।

कार्यक्रममा बजार प्रतिनिधि सरस्वती अधिकारी उत्कृष्ट कर्मचारीको रुपमा नगद र सम्मानपत्रसहित सम्मानित भइन् । कार्यक्रममा सहभागी अतिथिलाई सहकारीले आफ्नो लोगो अंकित क्याप प्रदान गरेको थियो ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।