प्रतिष्ठान मार्फत खन्तीमा बृक्षारोपण


मुस्ताङ थासाङ—२ कोवाङ खन्तीमा बृक्षारोपण गरिएको छ ।कालिगण्डकी नदी छेउको खाली सरकारी प्रयोग विहिन जग्गामा करिव एक सय थान टंर्कीबाट ल्याईएको उच्चघनत्वकोे हाईब्रिड फेनर जातको ओखरका विरुवा रोपण गरिएको प्रतिष्ठानले जनाएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले बिरुवा रोपेर कार्यक्रमको सुभारम्भ गरेकी थिईन् । सो अवसरमा संघीय सांसद प्रेमप्रसाद तुलाचन,प्रदेश सांसद ईन्द्रधारा बिष्ट ,महेन्द्रबहादर थकाली र चन्द्रमोहन गौचन लगायतले बृक्षारोपण गरे ।


बृक्षारोपणले कालिगण्डकी नदीको कटान रोकथाम गर्ने र खेतीयोग्य जमिन र बस्ती सुरक्षित राख्न टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
प्रतिष्ठानकी अध्यक्ष सवी शेरचनले बृक्षारोपणले सामुहिक आर्थिक उपार्जनमा समेत सहयोग पुग्ने जनाईन् ।

स्वर्गीय सांसद दम्पती ओमविकास गौचन तथा देउकुमारी प्रतिष्ठानले मुस्ताङको शिक्षा,स्वास्थ्य,कृषि र सामाजिक क्षेत्रमा योगदान गर्दैआईरहेको छ ।