सवी शेरचनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति ः

मुस्ताङको थासाङमा ओमविकास तथा देउकुमारी स्मृति प्रतिष्ठानले नयाकार्यसमिति चयन गरेको छ ।
तत्कालिन सांसद ओमविकास गौचन तथा देउकुमारी गौचनको १५ औं स्मृति सभा,तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले सवी गौचन शेरचनको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति गठन गरेको हो।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रमेश भट्टचन,उपाध्यक्ष गिरिसिंह शेरचन, महिला उपाध्यक्ष शर्मिला गुरुङ,सचिव गौतम शेरचन ,कोषाध्यक्ष पूर्णप्रभा थकाली,सहसचिव जिवन थकाली छन् ।

यस्तै सदस्यहरुमा नरप्रसाद हिराचन,छिरिङ ल्हामो गुरुङ,विपना शेरचन,लक्ष्मी विक,महेन्द्र शेरचन र तेजेन्द्र गौचन रहेको प्रतिष्ठानले जनाएको छ ।