होटल म्यानेजमेन्ट कलेजमा विएचएम र बिबिएका विद्यार्थीको स्वागत तथा उत्प्रेरणा कार्यक्रम


पोखराको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले विद्यार्थीहरुका लागी आज स्वागत तथा उत्प्रेरणा कार्यक्रम गरेको छ । आगामी शैक्षिक सत्रको विएचएम, विविए र विविए विआईमा नयाँ भर्ना भएका विद्यार्थीलाई कलेजका अध्यक्ष अशोक पालिखे प्रीन्सिपल प्रकाश रेग्मी लगायतले माला खादाले स्वागत गरेको थिए । कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष पालिखेले सन् १९९८ मा स्थापित नेपालकै पहिलो पोखराको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज अहिले धेरै विद्यार्थीको रोजाईमा पर्ने कलेज बनेको मा खुसी व्यक्त गरे । पालिखेले सबै विद्यार्थीलाई राम्रो अध्ययन गर्न र भविष्यमा सफल व्यवस्थापक बन्न शुभकामना दिएका थिए ।

सोही अवसरमा नेपालका चर्चित मोटिभेसनल स्पीकर रबिन कट्वालले विद्यार्थी, अभिभावक र कलेजका प्रध्यापकहरुलाई करिव २ घण्टाको उत्प्रेरणामूलक भनाई राखेका थिए । विद्यार्थी र अभिभावकका लागी यो कार्यक्रम अत्यन्त फलदायी भएको प्रिन्सिपल प्रकाश रेग्मीले बताए ।