पत्रकार महासंघ गण्डकीमा २ प्यानल

- नेपालदुत सम्पादक पाण्डेको सदस्यमा उम्मेदवारी

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्वाचनमा २१ पदका लागि ४५ जना मैदानमा उत्रिएका छन् ।

बिहीबार अध्यक्षमा ४ जनाले मनोनयन दर्ता गराएका छन् । प्रेस चौतारीबाट दीपेन्द्र श्रेष्ठ, प्रेस युनियनबाट नारायणप्रसाद शर्मा, प्रेस संगठनका एलपी बञ्जराले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमै आरजु विष्ट सल्यानीले पनि उम्मेदवारी दिएका छन् ।

उपाध्यक्ष खुलातर्फ इन्द्रप्रसाद पौडेल, दीपक भट्टराई र माधवप्रसाद पनेरुले मनोनयन दर्ता गराएका छन् । पनेरु प्रेस संगठन गण्डकीका नेता हुन् ।

उपाध्यक्ष महिलातर्फ शान्ति गुरुङ र सोनी शर्माले मनोनय दर्ता गराएका छन् ।
महासचिवमा गोविन्दप्रसाद सुवेदी र दिल शिरिषबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

महासंघको सचिव खुलातर्फ ऋषिकान्त पौडेल, प्रकाशचन्द्र भट्टराई र यदुनाथ बञ्जराले उम्मेदवारी दिएका छन् । ऋषिकान्त पौडेल प्रेस युनियनका नेता हुन् ।

सचिव समावेशीतर्फ रुद्र श्रीषमगर र सुशीलबाबु श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । कोषाध्यक्षमा राजेन्द्र न्यौपाने, शालिकराम कोइराला र सागरराज तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । सागरराजले स्वतन्त्र उम्मेदवारी हालेका हुन् ।

खुला ५ सदस्यमा १३ जनाको उम्मेदवारी परेको छ । नेपालदुत डट कमका सम्पादक सुनिल पाण्डेले पनि सदस्यमा उम्मेदवारी दिएका छन् ।

३ महिला सदस्यमा ५ जना र दलित महिला सदस्यमा २ जना, सदस्य आदिवासी जनजातितर्फ ४ जना र सदस्य अल्पसंख्यकतर्फ २ जनाको उम्मेदवारी परेको छ । मधेसी सदस्यमा कसैको उम्मेदवारी परेन ।

महासंघका तीनै तहमा चैत २५ गते हुने चुनाव हुँदै छ । महासंघ प्रदेशमा शुक्रबारसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।