माछा मार्ने बम बनाउँदा विस्फोट

symbolic image

बागलुङको बडीगाड गाउँपालिकामा माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा २ जना गम्भीर घाइते भएका छन् । बडीगाड गाउँपालिका २ सिमलचौरमा २८ वर्षीय अरुणकुमार पुनले माछा मार्ने बम बनाउने क्रममा अचानक विस्फोटन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।

विस्फोटमा मित्र राना र अरुणकुमार पुन गम्भीर घाइते भएका छन् । उनीहरुको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । घाइते दुवै जनालाई उपचारका लागि पाल्पास्थित प्रभास अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।