कविता : लेनिनको यौटा चम्किलो फोटो

बेसमेन्टबाट गाडी झिकेर
ड्राईभर बच्चाहरु लिन स्कूलतिर गएको छ
भेटेरिनरी अस्पतालबाट सुई लगाएर ल्याएको टमी
राजधानीको अपार्टमेन्टको बैठक कोठामा खेलिरहेको छ
एक्लोपनको कुनै आभास छैन
नदुःख न शोक
न रोग न भोक
पैसट्ठीइञ्चको छरितो टिभी
युट्युब, टिकटक र नेटफ्लिक्स छातिभित्र राखेर
रिमोटको संकेत पर्खेर भित्तामा उँघिरहेको छ
यौटा सभ्रान्तजीवन

मैलो मजेत्रो ओडेर झिसमिसे मै
गिट्टी कुट्न खोलाकिनार झरेकीचमेली
ढुँगामाथि हातको घन बजार्दै सम्झन्छे–
ठूली छोरीले भातबसाली त होली
सानी छोरीले बाख्राहरु फुकाई त होली
बिमारीले थन्किएकाखसम
अगेनाको घामसम्म त निस्किएहोलान्
फूलजस्ता छोरीहरु छन् घरमा
एक्लिएको जीवन छ खोलाकिनारमा
न सुख न आनन्द
नआसा न भरोसा
पैसट्ठीहजारको बोझिलो ऋण
गिट्टीको धूलो, दम र खोकी छातिभित्र राखेर
ठेकेदारको टिपर पर्खदै ढुँगामाथि बज्रिरहेको छ
यौटा अभावग्रस्त जीवन

राजधानीको अपार्टमेन्टभित्रको कुरा–
साँच्चै सिद्धान्त
पढ्दा पढ्दै राजनीतिमा होमिएका तिमी
राजधानीमा फ्ल्याट त गजबसँगै किन्यौ नि होइन र ?
तिम्रापनिमजदुर साथीहरु त थिए नि होइन र ??

दुर्गम गाँउको छाप्रोभित्रको यथार्थ–
साँच्चै सानुकाबा
पाखुरा चलुन्जेल त तिमी पनि
शक्तिशाली पार्टीको सदस्य थियौ नि होइन र ?
तिम्रा पनि मजदुर नेताहरु साथी थिए नि होइन र ??
८८८
अपार्टमेन्टको भित्ताको रङ्ग बिग्रने भएकोले
भित्ताहरु खालीथिए
थियो त
सौन्दर्य प्रतियोगिताजितेर
क्राउनपहिरिंदै गर्दाको
छोरीको यौटाआकर्षक फोटो
८८८

आगो पाएजुनसुकै बेलाबल्न सक्ने गरि
सुकेकाथिएदुर्गम गाँउको
छाप्रोकाभित्ताकाझिक्राहरु
र त्यसैमाजतनसाथ टाँगिएको थियो
कारखानामाकामगर्दा
पार्टी स्कूलकाकुनै प्रशिक्षकले भुलेर गएका
हँसिया, हथौडा र तारा अङ्कित
रातो झण्डाको पृष्ठभूमिमा रहेको
लेनिनको यौटा चम्किलो फोटो

सुकेका झिक्राहरु
विचार, आदर्श, नैतिकता
मूल्य, नेता र नेतृत्व
खोजिरहे झैं लाग्छ, र
समाजवाद
राजधानीको अपार्टमेन्टमा
कतै कैद भए जस्तो लाग्छ ।