वडाध्यक्षको मृत्यु, ७ पक्राउ

कञ्चनपुरको भीमदत्त नागरपालिका ५ का वडाध्यक्ष मदनबहादुर चन्दको मृत्यु भएको छ । पिकनिक गएका वडाध्यक्षको घाँटीमा मासु अड्केर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिसहित ८ जना वेदकोट नगरपालिका ६ मा पर्ने चुरेपानीमा पिकनिक खान गएका थिए। पिकनिकमा गएकाहरूले मासु घाँटीमा अड्केर समस्या आयो जानकारी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक अमर थापा क्षेत्रीले बताए ।

उनलाई शुक्रबार नै उपचारका लागि लगिए पनि चिकित्सकले मृत्त घोषणा गरेका थिए ।
वडाअध्यक्षसँगै पिकनिक गएका अन्य सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।