पिस चौतारीमा भरत गिरी

लायन्स क्लब अफ पोखरा पिस चौतारीको लायन वर्ष २०२१/२२ को लागि अध्यक्षमा लायन भरत गिरी निर्विरोध निर्वाचित भएका छन् । सोमबार भएको क्लबको निर्वाचनबाट गिरीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन संयोजक निवर्तमान अध्यक्ष लायन मगनलाल श्रेष्ठले जानकारी दिए ।

क्लबको प्रथम उपाध्यक्षमा लायन किरणप्रसाद बन्जारा, द्वितीय उपाध्यक्षमा लायन विनायक रञ्जित, तृतीय उपाध्यक्षमा लायन रामकुमार लामिछाने, प्रमुख निर्देशकमा लायन प्रदीप श्रेष्ठ, सचिवमा लायन टीआर काफ्ले, क्लब एडमिनिस्ट्रेरमा लायन विजयराज त्रिपाठी, कोषाध्यक्षमा लायन फणिन्द्रप्रसाद तिमिल्सिना चयन भएका छन् ।

Image preview
भरत गिरी

त्यस्तै मेम्बरसीप चियरपर्सनमा लायन नवराज भण्डारी, सर्भिस चियरपर्सनमा लायन सुशील खत्री, मार्केटिङ कम्युनिकेसन चियरपर्सनमा लायन दीपक थापा, एलसीआईएफ को–अर्डिनेटरमा लायन अमर वि.क., टेल ट्वीस्टरमा लायन मनिष घिमिरे, टेमर लायन सालिकराम सुवेदी, पी.आर.ओ. मा लायन केशव ज्ञवाली तथा अन्तर्राष्ट्रिय रिलेसन डाइरेक्टरमा लायन होमनाथ गिरी चयन भएको निर्वाचन संयोजक लायन मगनलाल श्रेष्ठले जानकारी दिए ।

निर्वाचन कार्यक्रमपश्चात् नवनिर्वाचित गिरीले लायन वर्ष २०२१/२२ मा क्लबले सम्पन्न गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए ।