ड्राइभिङ स्कुल संघ गण्डकीमा वसन्त

सवारी प्रशिक्षण दिने ड्राइभिङ स्कुलहरुको संस्था ड्राइभिङ स्कुल संघ नेपालले गण्डकीमा प्रादेशिक संगठन बनाएको छ । शनिबार भएको पहिलो प्रदेश भेलाले तदर्थ समिति गठन गरेको छ ।

संघ गण्डकी अध्यक्षमा वसन्त भट्टचन, वरिष्ठ उपाध्यक्ष तुलबहादुर ठकुरी, उपाध्यक्ष हर्कबहादुर गुरुङ, सचिव वासु कोइराला, सहसचिव विष्णुप्रसाद पोखरेल र कोषाध्यक्ष नवराज तिवारी छन् । यस्तै, सदस्यमा आरसी पौडेल, नारायण थापा, विष्णु पन्त, अर्जुन केसी, सूर्यप्रसाद पौडेल, सुस्मिता थापामगर, भीमलाल खनाल र वीरेन्द्र भुर्तेल छन् ।

संघ नेपालका संस्थापक अध्यक्ष पुरुषोत्तम रेग्मी संयोजक र मोहनबहादुर गुरुङ, उमेश सिके, सरोज केसी, महेश पौडेल र नारायणप्रसाद आचार्य सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

संघका केन्द्रीय महासचिव उमेश सिकेले ड्राइभिङ स्कुलहरुलाई वैज्ञानिक, मर्यादित र सशक्त बनाउन संघ लागिपरेको बताए । उनले प्रदेश तहमा संरचना निर्माण गर्दै अब संस्था केन्द्रीय महाधिवेशनमा जुटेको जानकारी दिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।