मुस्ताङको थासाङमा याकचौरीलाई ‘खोरेत’ भ्याक्सिन

जोमसोम—हिमाली जिल्ला मुस्ताङको थासाङमा याकचौरीलाई ‘खोरेत’ विरुद्ध भ्याक्सिन अभियान संञ्चालन गरिएको छ ।संम्भाावित खोरेत रोगको जोखिमबाट सुरक्षित रहन थासाङ गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा याकचौरीलाई खोरेत विरुद्ध भ्याक्सिन लगाउन सुरु गरिएको हो ।
कृषि र पशुपालनले महत्वपूर्ण मानिएको हिमाली जिल्ला मुस्ताङमा स्थानीय याकचौरी पालक किसानले पालेका पशुचौपायामा रोगका कारण आर्थिक क्षति व्यवहोर्न नपरोस भन्ने उद्देश्यले खोरेत रोग विरुद्ध थासाङ गापाले एकलाख बजेट उपलब्ध गराएको गापाका स्वास्थ्य संयोजक रामशरण सापकोटाले जानकारी दिए ।

उनका अनुसार गण्डकी प्रदेशको कास्कीका विभिन्न स्थानमा गाई÷भैसी,बाख्रा र बंगुर लगायतका पशुमा खोरेत रोग देखा परेपछि गाउँपालिकाले खोरेत विरुद्ध उच्चसर्तकता अपनाउँदै भ्याक्सिन लगाउन सुरु गरेको हो ।गाउपालिका शनिबार देखि एकसाताका लागि भ्याक्सिन लगाउने कामलाई निरन्तरता दिदै आईरहेको स्वास्थ्य संयोजक सापकोटाले उल्लेख गरे।


थासाङमा कार्यरत करारका तीन जना नायव पशु स्वास्थ्य प्राविधिकलाई भ्याक्सिन लगाउन खटाएको हो । बिजय विक,ईच्छ्या शेरचन र प्रज्ञा तामाङ लगायतले पशुलाई खोरेत भ्याक्सिन लगाई रहेका छन् । खोरेत भ्याक्सिन लगाउने अन्तिम दिन भोली शनिबार सकिदै छ । शुक्रबार सम्ममा थासाङको २,३ र ५ वडाका कुल ६ सय ८९ वटा याकचौरीलाई भ्याक्सिन लगाईएको पशु प्राविधिक ईच्छ्या शेरचनले जानकारी दिईन् । उनका अनुसार शनिबार अन्तिम दिन सम्ममा करिव ८ सय याकचौरीलाई भ्याक्सिन लगाउने लक्ष्य रहेको छ ।उनले शुक्रबार सम्ममा ५६ भायल भ्याक्सिन खपत भएको जनाईन ।


मुस्ताङमा हिउँदयामको जाडो मौसममा उच्चलेंकमा रहेका याकचौरी बेशी झारिन्छ । विस्तारै गर्मी बढेसंगै उच्चलेंकमै याकचौरी स्थान्तरण गर्ने समयमा थासाङमा पशुचौपायालाई भ्याक्सिन लगाईएको अर्का पशु प्राविधिक प्रज्ञा तामाङले जानकारी दिईन् । उनले प्रसुती अवस्थामा रहेका याकचौरीलाई भ्याक्सिनले असर पू¥याउने हुनाले भ्याक्सिन नलगाएको जनाईन् ।


खोरेत लागेको पशुमा मुखभित्रको म्युकस झिल्ली रातो रङ्गको हुने ,मुख भित्र जिब्रो ,गिंजा र खुट्टाको दुई खुरकोबीचमा फोका बन्ने,मुखबाट बाक्लो लस्सादार ¥याल चुहिरहने ,खुट्टा खोच्याउने ,१०६ डिग्री फरेनहईट ज्वरो आउने ,दानापानी नखाने दुहुना पशुले दुध उत्पादन घटाउने आदी लक्षण देखिने गर्दछ ।


फोटो क्याप्सन ः मुस्ताङको थासाङमा याकचौरीलाई खोरेत भ्याक्सिन । तस्विर ःसोजन हिराचन