पोखरामा पासाङ इन्टरनेसनलको शाखा

काठमाडौंको कपनमा केन्द्रीय कार्यालय रहेको पासाङ इन्टरनेसनल प्रालिले पोखरामा सेवा विस्तार गरेको छ ।

पोखराको रत्नचोकमा कार्यालय स्थापना गरी पोखरा र आसपासका क्षेत्रमा सेवा प्रदान गरिने सञ्चालक पासाङ तामाङले जानकारी दिए । पासाङ इन्टरनेसनलले १९ वर्षदेखि इलेक्ट्रिकल क्षेत्रमा काम गर्दै आएको छ । उनले भने, ‘पोखरा र आसपासका क्षेत्रमा हामीले राजधानीबाट आएर सेवा दिँदै आएका थियौं । पोखरामै कार्यालय स्थापना गरेपछि हाम्रा ग्राहक महानुभावलाई सम्पर्क र सेवाका लागि पनि सहज भयो ।’

यसले वाइरिङ, इन्र्भटर, युपिएस, सिसिटिभी, सेक्युरिटी साइरन, फायर आर्लम, डिजिटल डोर लक, नेटवर्किङ, इन्टरकम लगायतका सेवा प्रदान गर्छ । इलेक्ट्रिकल क्षेत्र संवेदनशील भएको उल्लेख गर्दै उनले गुणस्तरीय सामान र दक्ष कामदारबाट सेवा दिइने उल्लेख गरे ।