पुम्दीकोट युवा क्लबको अध्यक्षमा गौतम

पोखरा २२ पुम्दिभुम्दीमा रहेको पुम्दिकोट युवा क्लबको १६ औं साधारण सभा तथा सातौं अधिबेशनबाट गौतम बरालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनिएको छ ।

कार्यसमिति उपाध्यक्षमा सबिन बराल र पित्तम बराल, सचिवमा विष्णुप्रसाद बराल, सहसचिव पदमा पवन रामदाम र कोषाध्यक्ष सुमन बराल चुनिए । सदस्यमा नरेश बराल, कमलराज बराल, सुमन बराल, सागर बराल, भेषराज बराल र अशोक बराल छन् । बाँकी एक महिला सदस्य कार्यसमितिले मनोनय गर्ने छ ।

सभामा कार्यक्रम संयोजक सुरज बरालले क्लबको प्रगति विवरण साथै अध्यक्षको प्रतिवेदन पेश गरेका थिए । निर्वाचन मण्डलका संयोजक शिवराज बरालले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

नवनिर्वाचित अध्यक्ष गौतमले सबैको सल्लाह र साथमा क्लबलाई उद्देश्य अनुरुप अघि बढाउने प्रतिवद्धता गरे ।

क्लबले भवन निर्माण, ओडारे पिकनिक स्थल निर्माण, पार्क निर्माण जस्ता काममा अग्रसरता लिँदै आएको छ । कार्यक्रममा क्लबका सल्लाहकार शिवराज बराल र निवर्तमान अध्यक्ष सुरज बरालले पनि बोलेका थिए ।