
सिमानामा सम्बन्ध मिचिँदा पनि लेखेनौ
हामीले नचाहेको भैदिँदा पनि लेखेनौ
ए कवि तिम्रो कलम किन मौन छ यसरी
उक्लिदै जानुथ्यो, ओर्लिँदा पनि लेखेनौ
अलिकती बिश्वलाई वीरता बुझाउनु छ
आँगनमा झुटै झुट पोखिँदा पनि लेखेनौ
निरिह भई विवेकले आत्मदाह गरे जस्तो
आँसु, पसिना सडकमा चुहिँदा पनि लेखेनौ
बन्धकी राखेर माटो के कुम्ल्यायौ त्यस्तो
दुस्मन बनेर त्यो मित्र उभिँदा पनि लेखेनौ ।