पोखरा चेम्बर दक्षिणी क्षेत्रको साधारण सभा

पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गतको दक्षिणी क्षेत्र इकाइको प्रथम साधारण सभा शुक्रबार भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७, २१, २२ र ३३ का उद्योगी व्यवासायीलाई समेटेर यो क्षेत्र बनेको छ ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले सरकारका लागि निजी क्षेत्र समृद्धिको सहयात्री भएको बताए । ‘आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रको सुमधुर सम्बन्ध हुनु आवश्यक छ,’ उनले भने, ‘उद्योगी व्यवसायीको पहिलो काम आफ्नो व्यवसायलाई सुदृढ बनाउँदै सरकारको नीतिभित्र रहेर व्यवसायको प्रवद्र्धन गर्ने हो ।’

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष किसान सुनार, पोखरा महानगर वडा नम्बर १७ का अध्यक्ष तीर्थराज अधिकारी, पोखरा महानगर कार्यपालिका सदस्य राधिका शाही योगी, चेम्बर कास्कीका वरिष्ठ उपाध्यक्ष गीता तिवारी गौतम, वाणिज्यतर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, वस्तुगततर्फका उपाध्यक्ष यमनाथ पौडेल, चेम्बर अफ कमर्स कास्की महासचिव उमराज बास्तोला, प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुली, नेकपा एमाले पोखरा १७ का सचिव लालबहादुर राना, दक्षिणी क्षेत्र इकाइ अध्यक्ष नगेन्द्रप्रसाद शर्मा भण्डारी, उपाध्यक्ष राजु सुनार, महासचिव गोकर्ण क्षेत्री, इकाई सल्लाहकार गणेश श्रेष्ठले बोलेका थिए ।

साधारण्सभाले महासचिव गोकर्ण क्षेत्रीले पेस गरेको प्रगति प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।