पोखरा विश्वविद्यालयको योजना : मेडिकल कलेज खोल्ने

पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले सामूहिक पहलमा मेडिकल कलेज बनाउने अभियानमा जुट्न अनुरोध गरेका छन् ।

आफ्नै सम्मानमा बुधबार लेखनाथ उद्योग वाणिज्य संघले राखेको स्वागत तथा छलफल कार्यक्रममा बोल्दै अर्यालले पोखरा विश्वविद्यालयले आफ्नै मेडिकल कलेज बनाउने भनेर शिलन्यास गरे पनि मेडिकल कलेज बन्न नसकेकोबारे चिन्ता प्रकट गरे । ‘अब सामूहिक पहल हुनुप¥यो,’ उनले भने ।

आफ्नो कार्यकालमा विश्वविद्यालयको आफ्नै हस्पिटल खोल्ने बताउँदै ७ वटै प्रदेशमा विश्वविद्यालयको आंगिक क्याम्पसका लागिसमेत पहल गर्ने पनि सुनाए ।
अर्यालले आपूm आएको ६ महिना बितिसक्दा पनि अझै रजिस्टार नियुक्ति हुन नसकेको पनि सुनाए ।‘यसका लागि प्रधानमन्त्रीदेखि नेताहरुको ढोकासम्म धाउँदाधाउँदा हैरान भइसकेँ,’ उनले भने, ‘अब अन्तिम विकल्पको रुपमा जनता उठ्नुपर्ने बेला भएको छ ।’

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले संघले लेखनाथ नगरपालिका हँुदादेखि यस क्षेत्रको आर्थिक, सामाजिक तथा शौक्षिक विकासका लागि सरकारी निकायहरुसँग लबिङ गर्दै आएको बताए । संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले पोखरा विश्वविद्यालय स्थापना गर्न यस क्षेत्रका जनताको ठूलो सहयोग रहेको स्मरण गराए ।

संघका पूर्वअध्यक्ष सुमनमोहन भट्टराई र संस्थागत विद्यालयहरुको तर्फबाट प्रेमप्रसाद शर्माले पोखरा विश्वविद्यालय लेखनाथमा हुनु गौरवको विषय भएकाले विचार राखे । संघका महासचिव गोपीचन्द्र बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गरेका थिए ।