मुस्ताङमा ईजिआरपीको विद्यालय अनुमगन


जोमसोम—हिमाली जिल्ला मुस्ताङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम( एन ईजिआरपी) तथा स्थानीय तहको संयुक्त टोलीले मंगलबार र बिहिबार विद्यालय अनुगमन गरेको छ ।नेपाल सरकार तथा अमेरिकी सहयोग नियोग (युएसएआईडी)को प्राविधिक सहयोगमा २०७२ सालबाट सुरु भएको यो कार्यक्रम दोश्रो संस्करण सुरु भएपछि मुस्ताङमा पहिलो पटक प्रत्यक्ष विद्यालय अनुमगनको कार्यक्रमलाई अघि बढाएको हो ।


यसअघि नेपाल सरकार तथा ईजिआरपी समन्वयमा जिल्लाका ५ वटै स्थानीय तहका विद्यालयमा जोडिएको यो कार्यक्रम दोश्रो संस्करणमा संम्वन्धित पालिकासंग समन्वय गरी विद्यालयको शैक्षिक विकासमा योगदान गर्ने उद्देश्यले नयाँ मोडलमा लागु भएको जनाईएको छ ।यो कार्यक्रम पछिल्लो समय ३८ जिल्लामा लागु भईसकेको छ ।ईजिआरपी लागु भएका सबै जिल्लामा युएसएआईडीले प्राविधिक सहयोग पू¥याउन जिल्ला संयोजक समेत खटाईसकेको छ । मुस्ताङमा एनईजिआरपी कार्यक्रमलाई प्राविधिक सहयोग पू¥याउन स्थानीय प्रजु गुरुङलाई जिम्मा दिईएको छ ।
प्रारम्भिक कक्षाका विद्यार्थीको सिकाईमा केन्द्रित रहेर शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले संञ्चालनमा आएको यसप्रकारको कार्यक्रमले कक्षा १ देखि ३ सम्मका विद्यार्थीको पढाई सीपमा सुधार गर्ने मुख्य लक्ष्य रहेको छ । कार्यत्र mम मार्फत पाठ्यक्रमको सान्दर्भिकता समयानुकुल परिमार्जनको आवश्यकता रहदा विद्यार्थीलाई मनोवैज्ञानिक तवरले सिकाउने यसको प्रमुख लक्ष्य हो ।


मुस्ताङमा विद्यालयको समग्र शैक्षिक तथा कक्षाकोठाको सिकाई वातावरण, शैक्षणिक क्रियाकलाप ,परीक्षण प्रक्रिया र विद्यालयका सरोकारवाला लगायतसंग छलफल गरी विद्यालयको वातावरण अभिलेखिकरण , शिक्षक पेशागत जवाफदेहिता ,कक्षा कोठाको अनुमगन तथा सिकाई आदीको मापन गर्न विद्यालय अनुमगन गरिएको ईजिआरपी जिल्ला संयोजक प्रजु गुरुङले जानकारी दिईन् ।उनका अनुसार मुस्ताङको थासाङ गाउपालिका वडा १ ,२ र ३ मा अवस्थित योगेन्द्र मावि टुकुचे,जनआर्दश अमरंिह मावि कोवाङ ,राष्ट्रिय बुद्धि विकास आवि नाउरिकोट र ज्ञानोदय मावि लेतेमा विद्यालय अनुमगन गरिएको हो ।

यस्तै , मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा जननर्मल आवि छुसाङ ,जनशान्ति मावि कागबेनी ,लुप्रा आवि लुप्रा र मुक्तिनाथ आवि झारकोटमा अनुगमन गरिएको उनले बताईन् ।
मुस्ताङ र बाग्लुङका ईजिआरपी संयोजक प्रजु गुरुङ र बुद्धिबल थापा मगर ,शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख टंंकराज बराल ,स्थानीय तहका शिक्षा संयोजक र स्थानीय जनप्रतिनिधि लगायतको संयुक्त टोलीले विद्यालय अनुमगन गरेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख बरालले जानकारी दिए ।

उनले अनुमगनले विद्यालय र शिक्षकलाई पेशा ,काम कर्तव्य र दायित्वप्रति आत्मबोध गराउन योगदान पुग्ने विश्वाश व्यक्त गरे । यस्तै घरपझोङका शिक्षा शाखा अधिकृत हिमलाल शर्माले विद्यालय अनुमगनपछि विद्यालयको समग्र शैक्षिक गतिविधिको मूल्याङ्कन गरिएको र कमीकमजोरी रहेका विद्यालयलाई सुझाव तथा निर्देशन दिईएको बताए ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम(ईजिआरपी) अन्र्तगत संञ्चालित हुने यसप्रकारका कार्यक्रम कोभिड—१९ का कारण रोकिएको थियो ।