सफल मिडिया हाउस प्रालिका अध्यक्ष तथा सफल आवाज डटकमका प्रकाशक दुर्गाप्रसाद हुमागाईंलाई पितृशोक परेको छ ।
उनका पिता इन्द्रप्रसाद हुमागाईंको ७७ वर्षको उमेरमा आफ्नै निवास काभ्रेको पनौती नगरपालिका–२, कुशादेवीमा मंगलबार साँझ करिब ६ बजेतिर निधन भएको हो ।
केही वर्षयता नसा तथा उच्च रक्तचाप रोगबाट पीडित स्व. इन्द्रप्रसाद समाजसेवीका रुपमा चिनिन्छन् । उनको मंगलबार नै त्रिवेणीघाटमा अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ ।
स्व. इन्द्रप्रसाद र चन्द्रमाया हुमागाईंका ४ छोरा र ३ छोरी छन् । परिवारमा कान्छा छोरा दुर्गाप्रसाद हुमागाईं लायन्सका सिनियर लिडर रुपमा चिनिन्छन् । नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य, मुनाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उनी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।