नेवा जागरण मन्च कास्कीमा नयाँ समिति

नेवा जागरण मन्च कास्की को दोस्रो अधिवेसन तथा बार्षिक साधरण सभाले राजेन्द्र मान श्रेष्ठको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । शनिबार भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, उपाध्यक्ष देब कुमार श्रेष्ठ, सचिव सन्तोष श्रेष्ठ, कोषाध्यक्ष कल्पना श्रेष्ठ र सहसचिव लक्ष्मण श्रेष्ठ चुनिएका छन् ।

मन्चजका सदस्यमा नन् बहादुर श्रेष्ठ, मोहन प्रसाद श्रेष्ठ, बिद्या श्रेष्ठ, बिद्या श्रेष्ठ, मिना श्रेष्ठ, र बाबुकाजी श्रेष्ठ निर्वाचित भए ।

कार्यक्रममा प्रमुख अतिथि नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारहरुले कुर्चिकाे लागि नेवारहरुलाई फुटाएर अर्काे संस्था दर्ता गरेकाेमा राेष जनाउदै कुनै पनि हालतमा राजनितिक रंग दिन नहुने र पद र कुर्चिकै लागि नया नया संस्था दर्ता गर्न नहुने धारणा ब्यक्त गरे ।

मन्चका अध्यक्ष राजेन्द्र साईको अध्यक्षतामा भएको कार्यक्रममा राजेन्द्र मान श्रेष्ठ, उदय बहादुर अमात्य लगायतले बोलेका थिए ।