गीत

बिर्सने बाहानामा किन सम्झन्छु झन्
जति टाडा हुन्छु उति दुख्छ याे मन

अनौठो मायाको बिचित्र कहानी भयो
अर्थ बिना सम्बन्ध मुटुमा गाढा रह्यो
फुकाउन खाेज्छु हजुर अल्झिन्छ झन्
जति टाडा हुन्छु उति दुख्छ याे मन

मायाकाे तिरले मुटु लौ न घायल भयाे
अाेखति केवल माया अब प्रतिक्षा रह्यो
दुख्दा मुटु किन बर्सि दिन्छन् नयन
जति टाडा हुन्छु उति दुख्छ याे मन

२०७७/११/२९