कथा: जय बजरङ्ग वली !

खीर बिग्रिए साह्रै गनाउँछ, भन्दछन् | स्कूलभरिका विद्धार्थीमध्ये सबभन्दा अनुशासित आज्ञाकारी परोपकारी विद्धार्थी प्रकासले आज यो हर्गत कसरी ग-यो ? हामी सबै चकित छौ | कक्षा दुईका कक्षा शिक्षक शर्माले छलफलको सुरुआत गरिन् | प्रकास कक्षा सातमा पढदथे | यो छलफलमा कक्षा सातका कक्षा शिक्षक चालिसे सर पनि सहभागी थिए | प्रकासका बुवा नारायण काम विशेषले सदरमुकाम गएका थिए | घरतर्फ फर्कदै गर्दा छोराले बदमाशी गरेकाले विध्दालय आउनु भनि हेड सरले फोन गरेका थिए | त्यसैले उनी हतारिदै स्कूल आएका थिए | उनले छोराले गरेको भनिएको हर्गत सुनेपछि साह्रै दुखित: भए | उनले बदमासीलाई जे गर्नु पर्छ गर्नुहोस, म धुरा उठदिन भने | दुई कक्षामा पढने पीडित भनिएकी विनिताकी आमा सुक्क सुक्कगर्दै भन्न थालिन – टाउकामा ओखरको दाना जत्रो टुटिल्को छ | पर बाटोमा कोहि देखेपछि मात्र छोडेको रहेछ | त्यो तेह्रै वर्षको त भएको होला, कलियुग भुक्त हुन लागेको हो कि ! हेड सरले चस्मा टेबिलमा राख्दै भने -पहिला पिडित र पिडकबाट यथार्थ बुझौ ; बोलाउनुहोस् त |

पिडक प्रकास, पिडित बिनिता र त्यसवेला बिनितासंगै रहेका बिनिताका साथी सुरेश तीनैजना अफिसभित्र पसे | तिनीहरुलाई एउटा बेन्चमा बसालियो | हेड सरले बिनितालाई सोधे – नानु ! नढाटिकन भन प्रकासले तिमीहरुलाई के गरेको हो ? मलाई र सुरेशलाई स्वीटरमा समाई पल्टाएको | हेड सरले सुरेशलाई सोधे -प्रकास दादाले तिमीलाई के गरेका हुन ? मलाई परालमा पल्टाए, बिनितालाई ढुङ्गामा | दादा त बिनितामाथि पल्टे | मलाई त केहि भएन | टाइ लाको दादाले भनेर त होनि | के भने टाइ लाको दादाले ? हेड सरले बिनितालाई सोधे | बिनिता केहि डराउदै भनिन् – परलको कुन्युमा भएको परालको रसिको –पुच्छर बनाएर —जय बजरङ्ग वली ‘ बन भनिसियो | म पर गए पछि खोलामा फराल– टि भिमा जस्तै तिमीहरु उडन सक्छौ –क्या मजा हुन्छ ! फराल्दा ‘जय बजरङ्ग वली ‘ –| पाइन्टमा घुसारी एउटै पुच्छर बनाको —|सबैले कुरा नबुझेकाले ट्वल्ल परिरहेका थिए |

प्रकासको बुवाले सोधे – जे भएको हो भन छोरा, दशा लागेको बेला | प्रकासले ढुक्कसाथ वेलिविस्तार लगाए | उनले बिनिता र सुरेश हनुमान बनि खोलामा फराल्दै गर्दा पछाडिबाट समाएर तानि बचाएका रहेछन् | हेड सरले प्रकासलाई किन पहिल्यै नभनेको भनि सोधे | मैले सरलाई भन्न खोजेको त होनि | सरले सुन्न मान्नु भएन | एकोहोरो नबोल भन्दै पिटिरहनु भो | हेड सरले प्रकासलाई धन्यवाद दिए र साथै बिनिता र सुरेशलाई सम्झाएपछि ती तीनै जनालाई कक्षामा पठाए |

त्यसपछि हेड सरले दुईजना शिक्षक र दुईजना अभिभावकलाई सुनाउदै पाँच मिनेट जति धाराप्रवाहरुपमा आफ्नो विद्धता छाटे – बच्चा जन्माउनु एउटा प्राकृतिक कार्य हो भने हुर्काउनु एउटा जटिल मनोवैज्ञानिक कार्य हो | वाल विकासमा भौतिक वातावरण जस्तै मनोवैज्ञानिक वातावरणको पनि आवश्यक हुन्छ | घर परिवारका सदस्यहरुको मनोवृत्ति प्रवृत्ति र धारणाको अमीट र सोझो छाप बाल बालिकाको मन मष्तिकमा पर्दछ | यसमा शिक्षकलाई अग्लउन सकिदैन | भौतिक वतावरण दिन धनको आवश्यक पर्दछ भने मनोवैज्ञानिक वातावरण दिन मनको आवश्यक पर्दछ | मानिस बाहेक अरु प्राणी हास्दैन | माया दया रीस आवेग क्रोध डर चिन्ता आनन्द खुसी लज्जा उदास आदि कयौं सकारात्मक र नकारात्मक संवेगहरु व्यक्तिमा संचार भैरहेका हुन्छन् | संवेगको उचित व्यवस्थापन गर्नु पर्दछ | त्यसैले ‘घोडा जन्मिन्छ, मानिस बनाईन्छ ‘ भनिन्छ |

हेड सरले भन्दै गए – धेरै टि भि र मोबाइल हेर्दा बच्चाका आँखा बिग्रन्छ र गृहकार्य गर्न समय पुग्दैन भन्ने भौतिक कुरा मात्र अभिभावकले बुझेको जस्तो लाग्दछ | उडन्ते, काल्पनिक, र अतिरंजित तथा हरर श्रव्य दृश्यले कलीलो वाल मन मष्तिकमा नकारात्मक अल्पकालिन र दीर्धकालिन असर पुग्दछ भन्ने कुरालाई नजर अन्दाज गरेको पाईन्छ | यसको लतले वालकको दिमागमा गाँजा चरेसले जस्तै असर पुर्याउछ भन्ने कुरा बिभिन्न अनुसन्धानव्दारा प्रमाणित भइ सकेको छ |यस्ता साधनहरु वरदान र अभिशाप दुबै हुन्छन् | खोलामा हाम फाल्न उस्काउने अपराधिक मानसिकता भएको वालक र प्रकास जस्तो दयालु जिम्वेवार र सहयोगी वालक हाम्रै वातावरणले हुर्काएको हो | प्रकासले माहान कार्य गरेका छन् | संजोगवश एउटा दुर्घटना टरेको छ | अहिले म भावुक बनि एकपक्षिय रुपमा केहि धेरै बोले | माफ गरि दिनु होला | यसरी एक पक्षिय रुपले होइन | अभिबावकले आफ्ना वालबालिकाहरुलाई र शिक्षकले आफ्ना विध्दार्थीहरुलाई सहभागीमूलक तरिकाले जीवन जगत र परिवेशका विविध पाटा र पक्षहरुमा कुशलतापूर्वक पार गर्ने सीप ज्ञान र अभिवृतिमा सहयोगी बन्नु नै शिक्षा हो भन्ने कुरा भुल्नु हुदैन | हेड सर यति भनि सकेपछि टक्क रोकिए | त्यसपछि बिनिताको आमाले आँखामा टलवल आँसु लिदै र अन्यले गम खाएको भावमा उत्सुक हुदै एक अर्कोको मुखमा पालैपालो केहि क्षण हेराहेर गरिरहे |