गीत

गह्रा, गह्रा पसिनाका दाना रोपिदिन्छु
जहाँ भेट्छु ढुङ्गो त्यहीँ देव खोपिदिन्छु
पाखुरीमै बाँच्छु , हात थाप्न जान्दिनँ म
नेपाली हुँ दुःखदेखि भाग्न जान्दिनँ म

मेरो आफ्नै माटो छ दस नङ्ग्रा खियाउन
आफ्नै खोला, नदी छन् यो माटो भिजाउन
दयाको एक पात्र भई बाँच्न जान्दिनँ म
नेपाली हुँ दुखदेखि भाग्न जान्दिनँ म

दिन उज्यालो पारिदिने मेरो आफ्नै घाम छ
रात उज्यालो पारिदिने मेरो आफ्नै जून छ
स्वाभिमान बन्धकीमा राख्न जान्दिनँ म
नेपाली हुँ दुखदेखि भाग्न जान्दिनँ म ।