पोखरा प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको सपथ

पोखरा महानगरपालिकाले गठन गरेको प्रज्ञा प्रतिष्ठानका कुलपतिसहित प्राज्ञ सदस्यले बुधबार सपथ ग्रहण गरेका छन् ।

प्रतिष्ठानका कुलपति पदमराज ढकाललाई पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले सपथ गराए भने प्राज्ञ सदस्यहरुलाई कुलपति ढकालले सपथ गराए । देश संघयीय संरचनामा गएपछि पहिलो पटक स्थानीय सरकार पोखरा महानगरपालिकाले प्रज्ञा प्रतिष्ठान ऐन ल्याएर प्रतिष्ठान गठन गरेको हो ।

प्राज्ञ सदस्यमा लोकदोहोरी गायक जीवन दाहाल, जनवादी गायक कृष्ण भण्डारी, साहित्यकार प्रकाश ज्ञवाली, कलाकार मिलन शेरचन, कवि सरस्वती श्रेष्ठ र दिलिप गायक छन् ।

उपकुलपति र दुई सदस्य रिक्त छन् भने सदस्य सचिवमा महानगरका प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ ।