ओलीले तत्काल राजीनामा दिनुहुन्न : थापा

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन्। प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने जनाएका हुन् ।

थापाले सर्वोच्च अदालतको फैसला विवादास्पद भएको समेत दाब िगरे । फैसला विवादास्पद भए पनि आफूहरूले मान्ने उनको भनाइ छ ।

ुसर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ। र, कार्यान्वयन गर्नुपर्छ। यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ। यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन। बरू अस्थिरता अझै बढ्ने छ। सत्ताको खेल बढ्नेछ,ु सल्लाहकार थापाले उल्लेख गरेका छन्, ुप्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ। तत्काल राजीनामा दिनुहुने छैन।ु

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकोमा सर्वाेच्चले पुनस्र्थापित गरेपछि ओलीको राजीनामाको माग उठेको छ ।