फेरि पार्टी मिलाउँछु : वामदेव

नेकपा उपाध्यक्ष वामदेव गौतमले अब फेरि नेकपालाई एकीकृत बनाउन लाग्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले नेपालको राजनीति सहि ट्रयाकमा हिँड्ने उनको भनाइ छ ।

‘सर्वोच्च अदालको फैसला नेपाली जनताको भावना, संविधानको मर्म अनुसार छ’ गौतमले भने, ‘यो फैसला स्वागतयोग्य छ । खुसी छु । अदालतलाई बधाई छ ।अब नेपालको राजनीतिमा नेकपालाई एकीकृत गरेर सहि दिशा दिनुपर्छ । म त्यसमा प्रयत्न गर्दछु । पार्टी मिलाउँछु ।’