रवि लामिछानेले नयाँ टिभी खोले

सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल खोलेका छन्

‘ग्यालेक्सी फोरके’ नाम रहेको च्यानलमा लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले उल्लेख गरे ।

टिभीले जनताका आवाज र मनोरञ्जनात्मक कार्यक्रममा जोड दिने बताए । ग्यालेक्सीमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लालमोहर लगायतका कार्यक्रम प्रशारण हुने लामिछानेले जानकारी दिए ।