विप्लव नेकपाका केन्द्रीय सदस्य कांग्रेस प्रवेश

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य थानेश्वर दाहाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

दाहाललाई आइतवार मोरङको सुन्दरहरैंचामा आयोजित एक कार्यक्रममा कांग्रेस नेता डा। शेखर कोइरालाले पार्टी प्रवेश गराएका हुन् ।

विप्लव नेतृत्वको नेकपाले शनिवार एक विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ताका लागि सकारात्मक भएको बताएको थियो ।