प्रतिनिधिसभा विघटन बदर भए आन्दोलन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले सेटिङ भएर प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

विराटनगरमा शनिबार भएको आमसभामा प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन्। प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ गरिरहेको भन्दै अरू राजनीतिक दलले आरोप लगाइरहेका बेला उनले भने संसद पुनर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गरेका हुन् । प्रधानमन्त्रीले भने, कुनै सेटिङ(फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन ।’

मध्यावधि चुनाव वैशाखमै हुने दाबी गर्दै ओलीले आफूले नेतृत्व गरेको नेकपाले नै बहुमत ल्याउने सुनाए । उनले चुनावमा जाने जनताको इच्छाविपरीतको निर्णय आए आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।