गीत

छोराछोरी सबैका आखिर उस्तै हुन्
दुध बेचेर पढाको बिर्सेउँ बाबु गुन।
लैनो भैंसी दुई तिन्टा पालेर
दिन कटायौं फाटेको टालेर
ठूलो थियो सपना रहर
पढ्न भनी पठायौं सहर ।
बिरानो भाको छ आज आफ्नै खुन
दुध बेचेर पढाको बिर्सेउँ बाबु गुन ।
कति गर्यौं हो तिम्रै लागी
छिमेकमा रिन मागी मागी
जान्ने भयौ हुर्केर बढेर
के भयो र तिमीले पढेर ।
यहाँ हामी भोकै छौं बुहारीलाई सुन
दुध बेचेर पढाको बिर्सेउँ बाबु गुन ।
हुन्न जाती जन्म ठाउ भुलेर
के जान्यौ र देशबिदेश डुलेर
बाँचेका छौं खाएर आधा पेट
गोडा बसे बाझै छ गैरी खेत ।
फर्केर आउँ छिट्टै मेरो प्यारो जून
दुध बेचेर पढाको बिर्सेउँ बाबु गुन ।