सुनचाँदी व्यवसायी संघ कास्कीमा पदस्थापना

सुनचाँदी व्यवसायी संघ कास्कीको तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई पदस्थापना गरिएको छ ।

अधिवेशनबाट अध्यक्ष राजेशमान बुद्धाचार्य, उपाध्यक्ष भविन्द्र बिश्वकर्मा, उपाध्यक्ष दीपक घिमिरे, महासचिव तारा गौतम, सचिव कमलमान सुनार, कोषाध्यक्ष सोभितमान बुद्धाचार्य, सहकोषाध्यक्ष मंगलराज साक्य, सहसचिव सीता पन्थी र महिला सदस्य अन्जिता लोहनी(दियाली) निर्वाचित भएका थिए ।

संघका सदस्यमा महेन्द्र विश्वकर्मा, गणेश सेञ्चुरी, दुर्गा सुनार, टेकनारायण शाक्य, नितिन बज्राचार्य, नरकुमार सुनार(शिव), राजकुमार बि घिमिरे (कमल), राजेन्द्रबहादुर सुनार, जीवन सुनार, भीमबहादुर बिश्वकर्मा र मनोनित सदस्यमा दिनेशमान बुद्धाचार्य र सोमबहादुर सुनार छन् ।

संघका अध्यक्ष निर्मल दियालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष माणिक रत्न शाक्य, महासंघ उपाध्यक्ष दुर्गाबहादुर सुनार, प्रदेश सभापति चन्द्रकिशोर गौतम, संस्थापक अध्यक्ष तथा संरक्षक महेन्द्रमान गुभाजु, निर्वाचन अधिकृत हेमराज बराल, उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइराला लगायतले बोलेका थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।