छोरीले गरे बाचुञ्जेल स्याहार, मृत्युपछि काजकिरिया

छोरा हुँदैमा सवै थोक हुन्छ भन्ने हाम्रो समाजको रितिथिती र परम्परालाई यहाँका दुई छोरीहरुले चुनौती दिएका छन् ।

छोरा नभए पनि आमाप्रति जिवित हुँदा र मृत्यु भएपछि छोराले गर्नुपर्ने सवै व्यवहार देखाएर उनीहरु समाजका लागि पनि अनुकरणीय बनेका हुन् । पोखरा महानगरापलिका वडा नं. १७ पाण्डवटोलकी तिलकुमारी ढकालकोे स्याहार सुसार र मृत्यु पश्चात अन्तिम संस्कार गरेर जन्मदिने आमाप्रति छोरीहरु अप्सरा ढकाल र तुलसी ढुङ्गानाले सन्तानको जिम्मेवार भूमिका निर्वाह गरेका हुन् ।


२०६१ साल फागुन ७ गते दुर्घटनामा परि एउटा खुट्टा गुमाएकी तीलकुमारी जिवित भएसम्म उपचारदेखि पालनपोषण गरेर सन्तानले आमाप्रति गर्नुपर्ने दायित्व पूरा गरेका छोरीहरुले मृत्यपछि गरिने संस्कार समेत पुरा गरेका छन् ।

उमेरले ४२ बर्षीय अविवाहित कान्छी छोरी अप्सराले सेतो पहिरनमा रहि नियमित काजक्रिया गरिरहेकी छन् । विवाह भएर पनि आमासंगै रहँदै आएकी जेठी छोरी तुलसी ठाडो किरियामा बसेकी छन् ।

“छोरा वा छोरी दुवै वरावरी हुन छोरा नभएर के भयो त महिले छोराले गर्ने सवै काजकृयाको संस्कार गरेकी छु” उनले भन्नुभयो, “छोरा नै हुनु पर्दछ भन्ने हाम्रो समाजको नकरात्मक सोच परिवर्तन गर्नु आवश्यक छ ।”

तीलकुमारीको ७८ वर्षको उमेरमा यही माघ २० गते आप्mनै निवासमा निधन भएको हो ।