मुस्ताङमा भिरबाट लडेर युवकको मृत्यु

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—३ छुसाङ निवासी ३६ वर्षीय टसी धोर्जे गुरुङको भिरबाट लडेर सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

आईतबार दिउँसो घरबाट भेडी गोठतर्फ गएका गुरुङ घर नफर्किएपछि प्रहरी र स्थानीयले खोज तलास गर्ने क्रममा सोमबार अपरान्ह १ बजे घरदेखि सांढे २ घण्टाको दुरीमा पर्ने भीरबाट लडेर गम्भिर घाईते अवस्थामा भेटिएको सूचना अधिकृत प्रताप पौडेलले जानकारी दिए ।घाईते गुरुङ करिव ४ सय मिटर अग्लो भीरबाट लडेर गम्भिर घाईते भएको पौडेलले बताए ।

भिरबाट लडेर घाईते गुरुङको उपचारका लागि जिल्ला अस्पताल जोमसोम ल्याई पू¥याउँदा चिकित्सकले उनलाई मृत्यु घोषणा गरेको सूचना अधिकृत पौडेलले बताए ।

आफ्नै मामा संग मिलेर लामो समय देखि पशुपालन व्यवसाय गर्दै आईरहेका मृतक गुरुङको शव पोष्टमार्टमाका लागि अहिले जिल्ला अस्पताल जोमसोम राखिएको छ ।प्रहरीले घटनाको आवश्यक अनुसन्धानकार्य अघि बढाएको जनाएको छ ।