नवसाथी सहकारीको अध्यक्षमा थापा

नवसाथी बचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेशनले अर्जुनबहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ ।

समितिको सचिवमा शिवजी पौडेल, कोषाध्यक्ष कृष्णप्रसाद लामिछाने, कार्यसमिति सदस्यमा राजविक्रम धुजु श्रेष्ठ, ज्ञानी भण्डारी, बुद्धिराज अधिकारी र धर्मबहादुर पुन छन् ।

लेखा समिति संयोजकमा पवित्रा बराल र सदस्यमा तोरणबहादुर कँुवर र पूर्णचन्द्र न्यौपाने, ऋण लगानी उपसमिति सदस्यमा राजविक्रम धुजु श्रेष्ठ र प्रकाश थापा छन् । शिक्षा उपसमिति सदस्यमा गौरीकुमारी केसी र सविता भण्डारी छन् । निर्वाचन संयोजक रामचन्द्र पोख्रेलले नवनिर्वाचित टिमलाई सपथ गराए ।

कार्यक्रममा पूर्व कार्यसमिति सदस्य कृष्णजी पौडेल, निर्वाचन समिति सदस्य कालिदास पौडेल, कोषाध्यक्ष कृष्णप्रसाद लामिछाने, सेयर सदस्य दीपेन्द्र शर्मा र निर्वाचन संयोजक रामचन्द्र पोख्रेल, सचिव शिवजी पौडेल लगायतले बोेलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष अर्जुनबहादुर थापाको अध्यक्षतामा भएको थियो ।