अनीलको नेतृत्वमा खानेपानी संस्थान कर्मचारी संघ

नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाइ समिति पोखराको ७ औं अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चुनेको छ । इकाइ अध्यक्षमा अनिल शर्मा सुवेदी, उपाध्यक्षमा भोजराज चापागाईँ, महिला उपाध्यक्षमा रेखा केसी, सचिवमा दीपेन्द्र बानियाँ, कोषाध्यक्षमा सिमाना केसी र सहसचिवमा विमल तिम्सिना छन् ।

संघका सदस्यमा विक्रम बरुवाल, प्रतिमा शर्मा, चन्द्रकान्त अधिकारी, बलबहादुर थापा, लोकबहादुर घले, दिलीप खाँड ठकुरी र दिनेश पराजुली सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक पुष्पराज जोशीले जानकारी दिए ।

जोशीको संयोजकत्वमा गठित निर्वाचन समिति सदस्य आनन्दप्रसाद रेग्मी र शिवराज भण्डारीले केन्द्रीय प्रतिनिधिमा केदार धमला, विष्णुप्रसाद रेग्मी र रुककुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको जानकारी दिए । पोखरा शाखा कार्यालयमा भएको सभामा संघको केन्द्रीय महाअधिवेशन फागुनमा हुने उल्लेख गरिएको छ ।

कार्यक्रममा नेपाल टे«ड युनियन कांगे्रस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले ट्रेड युनियनको नेतृत्व लिँदा आफूले दिनुपर्ने समयको ख्याल गर्न आग्रह गरे । उनले सामूहिक योजनामा जान सबै ट्रेड युनियन कर्मी एक हुन जरुरी रहेको बताए ।

कर्मचारी संघ इकाइ समिति अध्यक्ष विष्णुप्रसाद रेग्मीको अध्यक्षतामा भएको सभामा नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीले जनताको अपमान गर्ने सरकार लोकतान्त्रिक हुन नसक्ने बताए ।

नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समिति महासचिव केदार धमलाले संस्थानमा कार्यरत कर्मचारीको हकहित र रोजगार सुरक्षामा संघले अगुवाई गर्ने प्रतिवद्धता गरे । धमलाले प्राविधिक कार्यालय खानेपानी संस्थानमा कर्मचारीमाथि हुने विभेदलाई निरुत्साहित गर्दै व्यवस्थापनसँग वान टु वान वार्ता गर्न कर्मचारी संघ सधै तयार रहेको बताए ।

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका निवर्तमान अध्यक्ष कुलदेवी बरालले संस्थानमा कार्यरत करार कर्मचारीको उचित व्यवस्थान नभएसम्म संस्थान अघि बढ्न नसक्ने बताइन् । कार्यक्रममा कर्मचारी संघ इकाइ समिति सहसचिव भोजराज चापागाइँ र सदस्य अनिल शर्माले पनि बोलेका थिए ।