पूर्वाञ्चल सेवा समाज कास्कीले शनिबार आयोजना गरेको खुला रक्तदानमा ५३ युनिट रगत संकलन भएको छ ।
समाजका अध्यक्ष गोपाल खड्काले महामारीको समयमा समाजले सामाजिक उत्तरदायित्व वहन गरी रक्तदान आयोजना गरेको बताए ।
शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विष्णुप्रसाद बरालले पहिलो रक्तदाता मधु पन्थीलाई ब्लडव्याग प्रदान गरी कार्यक्रम उद्घाटन गरे । उनले पोखरामा रगत अभाव भएका बेलामा सबै संघ, संस्थाले रक्तदान कार्यक्रम गर्नुपर्ने बताए ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ओमविक्रम ओझा, पूर्व अध्यक्षहरू इन्द्रमान चौहान र दीपेन्द्र राई, पूर्वाञ्चल सेवा समाजका सल्लाहकार लोकेन्द्र राई, सगरमाथा मगर समाजका सचिव तीर्थराज मगर, पूर्वाञ्चल सेवा समाजका प्रथम उपाध्यक्ष बालकुमार लुइँटेल, सचिव मिलन दुलाल, कार्यक्रम संयोजक अजय लामा लगायतले बोलेका थिए ।




