अविश्वासको प्रस्ताव आए सामना गर्छु : गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गरिने बताएका छन् ।

नेकपा ओली समूहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उनले केन्द्रमा जे जस्तो विवाद भए पनि प्रदेशभित्र सरकार सञ्चालनमा मिलेर जानुपर्ने पक्षमा आफू रहेको बताए । प्रचण्ड–माधव समूहलाई केन्द्रमा झगडा भए पनि प्रदेशमा मिल्नुपर्छ भन्दै मिलेर जान आग्रह गरिएको बताए ।

साविकका माओवादी केन्द्र र नेकपा एमाले अलग अलग भएर नै प्रदेशमा सरकार बनाएको भन्दै अरुलाई उदाहरण देखाउन पनि अहिले गण्डकी प्रदेशमा मिलेर जान आग्रह गरिएको मुख्यमन्त्री गुरुङले बताए ।

तर अविश्वासको प्रस्ताव नै आए सामना गर्नुको विकल्प नरहेको उनले बताए ।